नियम
स्वीकृतिको लागि निवेदन दिने

(१) स्वास्थ्य हेरचाह गर्ने निकाय वा अन्य कुनै संस्था वा सङ्गठनले ऐनको दफा ९ को उपदफा (७) बमोजिम कुनै उत्पादक वा वितरकबाट कुनै उत्पादन खुद्रा मूल्यभन्दा कम मूल्यमा वा अनुदानको रूपमा लिन चाहेमा त्यसको कारण र उद्देश्य समेत खुलाई समितिको स्वीकृतिको लागि अनुसूची–१ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।

(२) ऐनको दफा ९ को उपदफा (९) बमोजिम उत्पादक वा वितरकले स्वास्थ्य हेरचाह गर्ने निकायलाई कुनै उपकरण वा वस्तुहरू दान दिन चाहेमा समितिको स्वीकृति लिनको लागि अनुसूची–२ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।

(३) स्वास्थ्य कार्यकर्ताहरूले ऐनको दफा ९ को उपदफा (११) बमोजिम कुनै उत्पादक वा वितरकबाट कुनै छात्रवृत्ति वा अनुसन्धान अनुदान लिन वा व्यवसायिक गोष्ठी वा सम्मेलन आयोजना गर्न वा त्यस्तो गोष्ठी वा सम्मेलनमा भाग लिन चाहिने रकम लिन चाहेमा त्यस्तो छात्रवृत्ति वा अनुसन्धान अनुदान लिनको लागि समितिको स्वीकृतिको लागि अनुसूची–३ बमोजिमको ढाँचामा समिति समक्ष निवेदन दिनु पर्नेछ ।